उपनिर्वाचन तयारीमा राजनीतिक दल, करारमा कर्मचारी भर्नाको खेलमा स्थानीय तह, देउसी खेल्न बोलाएर बलात्कार

कात्तिक १४, काठमाडौँ । राजधानीबाट प्रकाशन हुने दैनिक पत्रपत्रिकाहरुले विभिन्न विषयमा समाचार प्रकाशन गरेका छन् । अधिकांश पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचार सम्बान्धी समाचारलाई पहिलो प्रिस्टमा मूख्य समाचार बनाएका छन् ।   

प्रधानमन्त्रीको स्वास्थ्य समाचारलाई आजको कान्तिपुर दैनिकले प्रधानमन्त्रीको डायलाइसिस शीर्षकमा समाचार छापेको छ । कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । 

प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । 

कान्तिपुर दैनिकले नै प्रधानमन्त्रीको अर्को समाचारलाई प्राथमिकताका साथ छापेको छ । कान्तिपुरका अनुसार गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । 

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चार माध्यममा खुलाउनै चाहेका थिएनन् । 

‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए । राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने पराराष्ट्र मन्त्रालयले खुलाउन नचाहेको तथ्य सार्वजनिक गरेको छ । 

त्यसैगरी नागरिक दैनिकले आगामी मंसिरमा हुने उपनिर्वाचनको तयारीका विषयमा समाचार छापेको छ । नागरिकले उपनिर्वाचन तयारीमा राजनीतिक दल शीर्षकमा समचार छापिएको छ भने अन्नपूर्ण पोस्टले उपत्यकामा रगत अभाव शीर्षकमा समाचार छापेको छ ।   

त्यसैगरी आजको राजधानी दैनिकले करारमा कर्मचारी भर्नाको खेलमा स्थानीय तह शीर्षकमा समाचार छापेको छ भने नयाँ पत्रिका दैनिकले देउसी खेल्न बोलाएर बलात्कार शीर्षकको समाचारलाई फ्रन्ट पेजमा स्थान दिएको छ ।   

पत्रपत्रिकाको फ्रन्ट पेजमा छापिएको समाचार यसप्रकार छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =