राजनीतिक हस्तक्षेप भएको भन्दै एनआरएनएका संस्थापक अध्यक्षले गरे सम्मेलन बहिष्कार

असोज २८, काठमाडौं । एनआरएनएका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले सम्मेलन बहिस्कार गरेका छन् ।
राजनीतिक हस्तक्षेप भएको भन्दै उनले काठमाडौंको हायात होटलमा आजदेखि सुरु भएको सम्मेलन बहिस्कार गरेका हुन् । उनी सम्मेलनमा उपस्थित भएनन् । संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको गुनासो गर्दै उनले एनआरएनए राजनीतिक दबदबाबाट मुक्त हुनुपर्ने बताए ।
आजदेखि सुरु भएको दुई दिने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

असोज ३० गतेसम्म चल्ने महाधिवेशनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । बुधबारको मतदानबाट विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् ।
अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा छन् । उपाध्यक्षमा एक महिलासहित ५ उम्मेदवार एनआरएनएले छनोट गर्नुपर्नेछ ।








