तिहारमा यस्तो मेकअप र स्टाइल गरेर अरु भन्दा विशेष देखिनुस्

कार्तिक  ९, काठमाडौँ । नेपालीहरुको दशैँ सकिए लगतै आउने भनेको अर्को चाड हो तिहार । तिहारमा दिदीबहिनी जो कसैलाई नि आफ्नो मेकअप स्पेशल र अरुको ध्यान आफूतिर केन्द्रित होस् भन्ने चाहना हुन्छ । तिहारमा धेरै दिदी बिहिनीहरु कस्तो मेकअप गर्ने भन्ने सोची रहेका हुन्छन् ।   

चाहे महिला सेलिब्रेटी होस या सामान्य महिला तिहारमा आफ्नो मेकअपको साथै पहिरण, हेयर स्टाइल फरक विशेष होस भन्ने चाहन्छन् । तिहारमा मेकअप गर्दा बिबाहित महिलाले ब्राइट देखिने हल्का र अबिबाहितले सिम्पल र नेचुरल मेकअप गर्दा राम्रो देखिन्छ। हेभी मेकअपले आफुलाई मात्र होइन, हेर्नेलाई समेत अपठ्याराे महशुष गराउँछ।   

विवाहित महिलाले रातो एवं ब्राइट कलरका पहिरन लगाउँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ। जसमा आइज स्मोकी हुनुपर्छ। त्यसमा पनि गोल्डन र ब्ल्याक स्मोकी राम्रो देखिन्छ।  तिहारमा कस्तो मेकअप गर्दा राम्रो देखिन्छ केही टिप्स तल बताईएको छ ।   

Related image

फेस कटिङ 

गोलो फेसलाई लाम्चो तरिकाले कटिङ गर्ने, कटिङ गर्दा पहिले ब्राउन्जरले र पछि त्यसकै माथि ब्लसर लगाइदिने। लामो फेसलाई छोटो कटिङ गरी अगाडि अलिकति घुमाइदिनुपर्छ। चिउँडोको हड्डी ठूलो र मासु बढी छ भने ब्राउन्जरले कटिङ गरी लुकाउनुपर्छ। ब्राउन्जरले नाक कटिङ गर्नु उपयुक्त हुन्छ। आर्यन नाकमा बीचको भाग ठूलो राखे राम्रो। त्यसपछि ब्राउन्जर लगाइएको भाग माथि ब्लसर लगाए गजब देखिन्छ। 

आइ मेकअप 

कपर स्मोकी आई साडी, गाउन, कुर्ती जेमा पनि सुहाउँछ। कपर स्मोकीमा गोल्डेन वा सिल्भर आई स्याडो लगाई साइडमा ब्ल्याक वा ब्राउनले मर्ज गर्नुपर्छ। आँखाको सेप गोलो छ भने राउन्ड सेप दिनुपर्छ। मंगोलियन चिन्की आइजलाई स्मोकी आइ त्यति सुहाउँदैन। 

आर्यन फेसमा स्मोकी आई निकै राम्रो देखिन्छ। ब्ल्याक स्मोकी आइ मेकअपले सानो आँखालाई ठूलो देखाउँछ। पहिले पेन्सिलले सेप कोर्ने, त्यसपछि ब्ल्याक आइस्याडो, तल डार्क माथि ब्राउन कलर प्रयोग गर्दै फेड गर्ने र माथिबाट ह्वाइट स्याडो लगाउने गर्नुपर्छ। 

लिप 

तिहारमा रातै लिपिस्टिक खुल्छ। गाउन वा वान पिस छ भने मरुन कलर प्रयोग गर्न सकिन्छ। दशै तिहारजस्तो चाडबाडमा दिनभर टिकाउको लागि म्याट लिपिस्टिक उपयुक्त हुन्छ। लिप केयरका लागि ओठको छाला अन्य छालाभन्दा निकै नरम तथा कोमल हुने भएकाले यसको सुरक्षा गर्न नरम कपडाले पुछ्नुपर्छ। 

यदि दुवै ओठ मिलेको छ भने लिप पेन्सिल आउट लाइन दिएर लिपिस्टिक प्रयोग गर्नु पर्छ। लामो समय टिकाउनका लागि लिपिस्टिक लगाउनुअघि फाउन्डेसन लगाउनुपर्छ। कुन कलरको लिपिस्टिक लगाउने हो, त्योभन्दा हल्का डार्क कलरको लिप लाइनरले ओठलाई सेप दिने र लिपको सेपअनुसार ब्रसको सहायताले लिपिस्टिक लगाउनुपर्छ।  

हेयर स्टाइल 

हेयरमा मेसी बन राम्रो देखिन्छ। केश लामो छ भने कर्ल तथा छोटो छ भने स्ट्रेट उपयुक्त हुन्छ। लामो केशमा मेसी बन खुल्छ। 

फिनिसिङ मेकअप 

सबै मेकअप सकेपछि लङ लास्टिङ फिनिसिङ स्प्रे छर्किर्नुपर्छ। यसरी मेकअप गरिसकेपछि राति सुत्नु अघि दिनभरि थापेको टिकाले कहिलेकाहीँ निधारमा एलर्जी हुन सक्ने संभावना भएकोले राम्ररी मेकअप रिमुभरले पुछेर एकछिन क्लीजीन गरी फेसवाश गर्नुपर्छ अनि स्किन टोनर र स्किन बैलेन्सिंग क्रीम लगाएर सुत्दा स्किन पनि ड्यामेज हुँदैन र हेल्दी पनि देखिन्छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *