महरामाथि दुई अभियोगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई महानगरीय प्रहरी परिसरको सुझाव

कात्तिक ९, काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो ।
सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्तभएको जानकारी दिए । उनले तिहार बिदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी बिहीबार प्रतिवेदन अध्ययन गरेर निर्णय हुने बताए । ‘अध्ययन गर्न समय लाग्ने भएकाले तिहार बिदापछि कार्यालय खुल्ने दिन फाइलबारे निर्णय हुन्छ,’ खनालले कान्तिपुरसँग भने । उनले प्रतिवेदन अध्ययन नगरेकाले थप टिप्पणी गर्न नसकिने बताए ।
महानगरीय प्रहरी परिसर स्रोतका अनुसार महरामाथि मुलुकी अपराध संहिताको दफा २१९ मा उल्लेखित ‘जबर्जस्ती करणी’ को प्रयास गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।
null
दफा २२३ अनुसार एउटै कार्यालयमा कार्यरत कर्मचारीमाथि करणी प्रयासको आरोपमा पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । ‘हरेक कसुरको प्रयास (यसलाई कानुनी भाषामा उद्योग गरेको भनिन्छ) मा छुट्टै सजाय व्यवस्था आवश्यक छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।








