साँखुमा बस दुर्घटनाः तीन जनाको मृत्यु, ४६ जना घाइते

कार्तिक १४, काठमाडौं । साँखुमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।   

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट काठमाडौं आउँदै गरेको आमा हेल्मो यातायातको बा५ख ५०७० नम्बरको बस बिहीबार साँझ शंखरापुरनगरपालिका–४ लप्सीफेदीमाजङ्गलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।   

घाइतेमध्ये ३० जनाको सुषमा मेमोरियल अस्पताल र १५ जनाको साँखुस्थित लाइफ केयरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुई महिला र एक पुरुष छन्। उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेको उद्धार कार्य जारी छ । चालक फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *