फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ५ जनाको मृत्यु

कार्तिक १४, फिलिपिन्स । फिलिपिन्समा बिहीबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ ।   

फिलिपिन्सको उत्तरी प्रान्त कोटाबाटोको टुलुनान शहरबाट ३३ किलोमिटर उत्तरपश्चिममा गएको आजको भुइँचालोले यसै महिना गएका दुई ठुला भूकम्पबाट क्षतिग्रस्त घर तथा भवनहरु भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।   

प्रहरीले दाभाओको एउटा भवन भत्कँदा किचिएका ९ जना घाइतेको उद्धार गरेको छ । त्यहाँ अझै कडा र ठूला परकम्प आउने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई घर र कार्यालय बाहिर नै बस्न अनुरोध गरिएको छ ।  

Image result for भूकम्प

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *