यसरी चिया पिउनु हानिकारक

असाेज १६ ।  अधिकांश मानिसहरूले आफ्नो दिनको सुरुवात चिया पिएर गर्ने गर्छन् l सायदै होलान् जसलाई चिया मन नपर्ने त? तर दिनको सुरुवात चिया गरिन्छ, भन्दैमा जति खेर पाए त्यति खेर भने चिया पिउनु उत्तम रहँदैन l किनकि, गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकारात्मक असर पुर्‍याउन सक्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्ता समयमा चिया पिउनु उचित हुँदैन त l 

बेड टी : 

जुन व्यक्तिको बेडमै बसेर चिया पिउने बानी हुन्छ, त्यस्ता व्यक्तिको शरीरमा एसिडको मात्रा मात्रै बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ । 

Related image

खानापछि चिया : 

यदि कुनै व्यक्तिको खाना खाइसके पश्चात् पनि चिया पिउने आदत छ भने पनि त्यस बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले पाचन प्रक्रियामा गम्भीर असर पार्नका साथै शरीरले प्रोटीन र आयरनलाई राम्ररी पाउँदैन । 

सुत्नअघि चिया : 

सुत्नु अघि चिता तथा कफी पिउनु उचित हुँदैन l किनकि यसमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । यसको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसकारण मुटुसँग सम्बन्धित समस्या र मधुमेह जस्ता रोगहरू निम्त्याउने गर्छ l 

आइरन र क्याल्सियमसँग चिया : 

के तपाईँ आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ? यदि लिनु हुन्छ भने त्यस बखत चिया पिउनु उचित हुँदैन । किनकि एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुनेछ l एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =