टर्कीका राष्ट्रपतिलाई ट्रम्पको धम्कीः भने– मुर्ख नबन, अर्थव्यवस्था बर्बाद पारिदिन्छु

असोज ३०, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनलाई पत्र लेखेर सिरियामा कुर्दिसविरुद्ध हमला रोक्न अपिल गरेका छन् ।   

ट्रम्पले अर्दोआनलाई मुर्ख नबन्न पनि भनेका छन् । यस्तो नगरे उनलाई इतिहासमा शैतानको रुपमा याद गरिने खतरा भएको बताएका छन् । ट्रम्पले अर्दोआनसँग सिरियाको विषयमा उनीसँग सम्झौता गर्न पनि अपिल गरेका छन् । 

न्यूज एजेन्सीका अनुसार ट्रम्पले चिट्ठीमा अर्दोआनसँग भने, ‘तपाईं हज्जारौंको नरसंहारका लागि जिम्मेवार बन्न चाहनुहुन्नँ र म टर्कीको अर्थव्यवस्था बर्बाद गर्ने व्यक्ति बन्न चाहन्नँ । तर म के गरुँ । यदि विवाद मानवतावादी तरिकाले सुल्झिएन भने इतिहासले तिमीलाई राम्रो नेताको रुपमा हेर्नेछन् । तर राम्रो भएन भने तिमीलाई शैतानको रुपमा याद गर्नेछन् । त्यसकारण मुश्किल व्यक्ति नबन, मुर्ख नबन । म तिमीलाई पछि फोन गर्नेछु ।’ 

Image result for ट्रम्प

सिरियामा टर्कीको हमलाको असर लाखौंमाथि परेको छ । संयुक्त राष्ट्रले हमलाका कारण १ लाख ६० हजार विस्थापनका लागि बाध्य भएको बताएको छ । यसबाहेक १० बढी कुर्दिस नेताबाहेक थुप्रै सर्वसाधारणले पनि ज्यान गुमाइसकेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *