आलोपालो नेतृत्वबारे सम्झौता भएकै छैनः कार्यवाहक प्रधानमन्त्री पोखरेल

कार्तिक ८, विराटनगर । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन्। 

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले दुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको दाबी गरे । कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए । 

कार्यवाहक प्रधानमन्त्री पोखरेलले पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुनाले पार्टीभित्र छलफल र बहस हुनु सामान्य कुरा भएकाले यसलाई  विवाद भन्न नमिल्ने विचार राखे । 

Image result for कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल

‘अखबारमा आएका दुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको’ टिप्पणी गर्दै उनले आवश्यकताअनुसार दुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्ने धारणा व्यक्त गरे । 

 रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको शर्तको आधारमा वार्ता हुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्ने बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =