सौन्दर्य बढाउने केही उपायहरु

कार्तिक ३ ।  सधैँ सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन । शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ । यसका लागि नियमित व्यायम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात गर्नुपर्छ ।  

यदि सधै सुन्दर, जवान र उर्जावान रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ । 

सुन्दर रहने सुत्र 

Image result for सौन्दर्य

१. सन्तुलित र स्वास्थ्य खानपान, सरसफाई 

२. नियमित योग, व्यायम 

३. प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग 

४.  सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनु हुदैन, जीवनशैलीमै परीवर्तन गर्नुपर्छ । 

५. पर्याप्त निदाउनु पर्छ, यसले केवल हर्मोन मात्र सन्तुलित रहदैन, प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । 

६. मेकअप र कसरत भन्दा सुन्दरताको लागि आत्माविश्वास आवश्यक हुन्छ । 

७. रिस, आवेग, क्रोधले सौन्दर्यमा ह्रास आउँछ । त्यसैले सधै खुसी देखिने अभ्यास गर्नुपर्छ । 

८.  मह र चियाको पानीको मिश्रण वनाएर प्रयोग गर्दा पनि अनुहार चम्किलो देखिन्छ । 

९. चन्दन, गुलाबजल, पदिनाको रस  मिलाएर अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुपर्छ, यसले दाग हटाएर चमक ल्याउँछ । 

१०. २ चम्चा सोयाविनको आटा, एक ठूलो चम्चा दही र मह मिसाएर प्याक बनाउने । यसलाई १५ मिनेट अनुहारमा लगाएर सफा गर्नुपर्छ । 

११.  तेल लगाएर हातले केस रगड्नु हुदैन, यसले गर्दा केस कमजोर हुन सक्छ । 

१२.  तेल लगाएको वेला केसको मसाज गर्नुपर्छ, जसले रक्त संचारमा हुन्छ । 

१३.  टाउकोमा जति लामो समय तेल लगाइन्छ, उतिनै फाइदा हुन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *