एनआईसी एशिया बैंक र संस्कृति इन्फोएज हवाई टिकटमा क्यास ब्याक सम्झौता

कार्तिक ३, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रालिबीच हवाई टिकटमा क्यास ब्याक सम्झौता भएको छ ।   

इन्फोएजसँग एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो ।   

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५ सय क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३ सय क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।   

Image result for एनआईसी एशिया

उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि  NICANEPAL, भारतका लागि NICA र अन्य अन्तर्राष्ट्रिय उडानका लागि NICASIA  प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्ने बैंकले जनाएको छ ।   

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएजका तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरे ।   

२०७६ कार्तिक २ देखि कार्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।   

बैंकले हाल मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।   

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *