नेकपाको चियापानमा को–को आए ? (फोटोफिचर)

असोज २९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडा दशैं, तिहार, छठ लगायत पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।   

नेकपाले काठमाडौंको भृकुटीमण्डपमा आज (बुधबार) चियापान कार्यक्रमको आयोजना गरेको हो । 

   

चियापान समारोहमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।   

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, बामदेव गौतम, माधवकुमार नेपाल लगायत नेता, कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति छ ।   

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने नेकपाको भनाइ छ ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *