मोदीकी भतिजीको पर्स लुटियाे

असोज २६, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी भतिजी दमयन्ती बेन मोदीको पर्स लुट्ने दुई जना लुटेरा पक्राउ परेका छन् ।   

हरियाणाको सेनीपतस्थित एक गाउँबाट सादर बजारका बादल र नोनु नामका दुई लुटेरालाई आइतबार बिहान नियन्त्रणमा लिइएको हो । दुवै पाकेटमारको साथबाट केही चोरीका सामानहरु पनि बरामद भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।   

मोदीकी भतिजी दमयन्तीको पर्स लुटिएको घटनापश्चात प्रहरीमा निकै दबाब थियो । पाकेटमारलाई नियन्त्रणमा लिनका लागि प्रहरीले शनिबार दिउँसोदेखि नै सम्भावित ठाउँमा छापा मारेको थियो । सीसीटिभी फुटेजका आधारमा पाकेटमार दुवैलाई नियन्त्रणमा लिइएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *