धनतेरसमा यी राशिकाले यी सामान किनेर यसरी पूजा गरे शुभ हुने

कार्तिक ८, काठमाडाैँ । तिहार दशैँ पछी लगतै आउँने अर्को चाड हो । तिहारको पहिलो दिन अर्थात काग तिहारलाई धनतेरसका रुपमा पनि मनाइने प्रचलन छ । आजबाट यमपञ्चक आथार्त तिहार सुरु भएको छ ।   

यमपञ्चकको दिन काग तिहार मान्ने भएपनी यस वर्ष तिथी अनुसार काग तिहार कार्तिक ९ गते अर्थात शनिबार पर्न गएको छ र धनतेरस पनि भोलि अर्थात शनिबार परेको छ ।   

धनतेरसको दिन धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव हो । यस दिन हामीले हाम्रो घरमा धन भित्राए हामीलाई जिवनभर धनको अभाव नहुने मान्यता रहको छ । धनतेरसमा धनवन्तरीको पूजा गर्नाले घर सम्पन्न र धनधान्यले भरिपूर्ण भइ मानिसले सुख शान्ति र आरोग्य प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । यस दिन विशेष गरी सुनचाँदी, तामा, पित्तल, भाँडाकुडा, देवीदेवताको मूर्ति बिभिन्न धातुको सामानहरु जोड्ने चलन छ ।  

Image result for धनतेरस

धनतेरसको अघी नै यी सामानहरु किन्ने ईच्छा भएपनी प्राय मानिसहरुले धनतेरसको दिनलाई नै कुरेर यी सामानहरु किन्ने गरेको पाईन्छ । किनकी धनतेरसको दिन सामान जोड्नुलाई  अति शुभ दिन मानिन्छ । 

अझ्  धनतेरसमा राशी अनुसार सामान किने अर्थात पूजा गरे झनै शुभ हुन्छ । धनतेरसमा कुन राशी भएकाले के सामान किन्ने र  कसरी  पूजा गर्ने तर बताइएकाे छ ।  

 मेष राशि ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– सुन, चादी, भाडा, गहना, हिरा, विधुतीय उपकरण र कपडा किन्दा लाभ मिल्नेछ । यी राशिभएकाहरुले धनतेरसमा लक्ष्मी भगवान्को कृपा पाउनका लागि साझको समयमा आफ्नो घरको मुख्य प्रबेशद्वारमा तेलको दियो बालेर त्यसलाई पुजा गर्नु पर्दछ । 

– नरक चतुर्दशीको दिन आफ्नो घरको पूर्व दिशामा एक दियो बालेर राख्न राख्नुहोला । 

– दीपावलीको दिन शुक्र यन्त्र र शनि यन्त्रको स्थापना गरेर पूजा गर्नुस् । 

– सेतो कपडामा चन्दनको लेप लगाएर आफ्नो तिजोरीमा राख्नुहोस् । 

 वृष राशि  ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– सुन, चाँदी, पीतल, हीरा, केशरी, कपडाहरु खरिद गर्न हुने तर सवारीसाधन, तेल, छालाको सामान, काठको फर्नीचर नकिन्दा राम्रो 

– साझको समयमा पीपलको ५ वोटा पातहरुलाई पहेंलो चन्दन लगाएर खोलामा बगाए धनको बचत हुने र फिजूलखर्च रोकिने छ । 

– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बालेर राख्न जरुरी रहेको छ । 

– वृष राशि भएकाले दीपावलीको दिन महालक्ष्मी यन्त्रको स्थापना गरि पूजा गरे राम्रो हुने छ । 

 मिथुन राशि  ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– जग्गा,जमिन,घर, सुन, चादी किन्न हुने तर कसैलाई पनि उधारो दिन हुदैन । 

– मिथुन राशि भएकाले धनतेरसको दिन मा लक्ष्मीको कृपा पाउनका लागि बरको ५ वटा पातमा रातो चन्दन लगाएर रातो कपडामा केही सिक्कालाई बाधेर घरमा राख्नु पर्छ । 

– नरक चतुर्दशीको दिन आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नु पर्छ । 

– दीपावली को दिन मिथुन राशि भएकाले घरमा चादीको श्रीयंत्र लेराए सुभ(लाभ हुन्छ । 

– दीपावली को दिन एक जटा भएको नरिवललाई रातो कपडामा बाधेर आफ्नो तिजोरीमा राख्नु पर्छ । 

– यसो गर्नाले धन लाभ हुन्छ, कुनै इच्छा पनि पूरा हुन्छ र परिवारमा सुख(शान्ति आउँछ । 

कर्कट राशि ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– चादी,विधुतीय उपकरण, भाडा, काठको फर्नीचर किन्न हुने तर फलाम बाट बनेको कुनै पनि सामान किन्न नहुने 

– माता लक्ष्मीको कृपा पाउनको लागि काग तिहार धनतेरसमा कर्कट राशि भएकाले साझ पीपलको रुख मुनि सर्सिउको तेल प्रयोग गरेर पंचमुखी दियो बाले लाभ हुने 

– नरक चतुर्दशीको दिन आफ्नो घरको उत्तर दिशामा एउटा दियो बाल्न जरुरी रहेको छ । 

– दीपावली को दिन विष्णु मन्दिरमा एक पहेंलो त्रिकोण आकारको झण्डा चढाए आमदनी को स्रोत बढ्ने र आर्थिक स्थितिमा सुधार आउने छ । 

 सिंह राशि  ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– सिंह राशि भएकाले धनतेरसमा आफ्नो नाम बाट कुनै पनि वस्तु खरदि नगर्दा राम्रो 

– शनिको बास भएको हुनाले सुन, फलाम र शेयरमा प्रबेश नगर्दा राम्रो 

– तामाको भाडा , कपडा र बच्चाको लागि कुनै पनि सामग्री नकिन्दा राम्रो 

– सिंह राशि भएकाले धनतेरसमा गाईलाई खाना खुवाए र आफ्नो घरको पूर्व दिशामा एक दियो बाले देखि कारोबारमा भएको नोक्सान बाट बच्ने र दरिद्रता हट्नेछ । 

– काग तिहार बाट दीपावलीसम्म हरेक दिन आफ्नो घरको मुख्य द्वारको नजिक धेरै घिउ हालेर दियो बाले सुभ हुने छ । 

कन्या राशि  ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– धनतेरसको दिन कन्या राशिमा गजकेसरी योग बनेको हुनाले सुन, सम्पत्ति, हिरा, चादी , विधुतीय उपकरणहरु, गाडी,फर्नीचर किने देखि निकै नै लाभ मिल्ने छ भने कालो रंगको वस्तु वा कपडा किने देखि अशुभ हुने छ । 

– कन्या राशि भएकाले धनतेरसमा आर्थिक स्थिरताको लागि माता लक्ष्मीको मन्दिर मा २ वोटा कमलगट्टेको माला चढाउनुस् 

– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्न जरुरी छ । 

– दीपावलीको दिन रातो कपडाले श्रीफललाई बाधेँर आफ्नो तिजोरीमा राखे आर्थिक संकट हट्ने छ र धन लाभ हुने छ । 

तुला राशि  ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– धनतेरसमा तुला राशि भएकाले लगानी गरे लाभ हुने छ । 

– सुन, तामा, गाडी, चाँदी का समान खरीद गर्दा लाभ मिल्ने छ भने फलामको सामग्री नकिन्दा उत्तम 

– तुला राशि भएकाले ऋणबाट मुक्त हुनका लागि माता लक्ष्मीको मन्दिरमा नरिवल चढाउनूस । 

– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस् 

– दीपावलीको दिन लक्ष्मी माताको मन्दिरमा कमल गट्टेको माला चढाए रोग, दुख र दरिद्रता सबै हटेर जान्छ र भौतिक सुख प्राप्त हुने छ । 

बृश्चिक राशि ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– बृश्चिक राशि भएका मानिसहरुमा शनि को साढ़ेसात चलिरहेको हुदा काग तिहारको दिन आफ्नो नाममा कुनै पनि सामान खरिद नगर्दा राम्रो 

– फलामको सामान र सुन किन्न नहुने तर परिवारमा कसैको नाम बाट चाँदी, भाडा , पित्तल, कपडा,फर्नीचर, बिधुतिय उपकरण खरिद गर्दा लाभ हुने 

– बृश्चिक राशि भएकाहरुलाई घाटा बाट माथि आँउनका लागि मुर्दा घाट मा लगाइएको पानिको नाल या कुवाको पानि लेराएर पीपलको रुखमा चढाए लाभ हुने 

– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नु पर्द छ । 

धनु राशि ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– धनु राशि भएकाहरुले घर,जग्गा,जमिन र बहुमुल्य वस्तु खरिद गर्दा लाभ मिल्ने छ । 

– सुन, हिरा ,बहुमुल्य रत्न खरिद गर्दा पनि लाभ हुने छ . 

– नरक चतुर्दशीमा आफ्नो घरको पूर्व दिशामा एक दियो बाल्नु होस् । 

– दीपावली को दिन पीपल को पातमा लक्ष्मी मंत्र लेखेर आफ्नो तिजोरीमा राखे धन लाभ हुने छ । 

मकर राशि  ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– कपडा, सुन, चादी, गाडी , किताब, बहुमुल्य रत्न, चादीको भाडा खरिद गर्दा धेरै लाभ मिल्ने छ भने मकर राशि भएकाले विधुतीय उपकरण र घर,जग्गामा लगानी नगर्दा लाभ हुनेछ । 

– मकर राशि भएकाले आफ्नो आय स्रोत बढाउनका लागि सर्सिउको तेलमा दियो बल्नु पर्दछ । 

– नरक चतुर्दशीमा आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्नुहोस् 

– दीपावलीको दिन शनि यन्त्र र मंगल यन्त्रको स्थापना गरि पूजा गर्नु पर्द छ । 

– शनि यन्त्र छ भने घरको पश्चिम दिशामा निलो कपडाले बाधेर राख्नुहोस 

– दीपावलीको दिन रातो कपडामा नरिवल राखेर आफ्नो तिजोरीमा राखे माता लक्ष्मीको घरमा स्थायी वास हुने छ । 

कुम्भ राशि ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– धनतेरसमा कुम्भ राशि भएकाले लगानी गरे निकै नै लाभहुने छ । 

– घर, जग्गा , सवारीसाधन, किताब, विधुतीय उपकरण,फर्नीचर खरिद गर्दा निकै सुभ हुने तर सुन वा बहुमुल्य रत्न भने खरिद गर्न नहुने । 

– कुंभ राशि हुनेले स्थायी सुख(समृद्धिको लागि धनतेरसमा आफ्नो परिवारसँग लक्ष्मी (गणेश र कुबेर जी को पूजा गर्नुहोस् । 

– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस् 

– दिपावलीको रात नरिवलको खबटामा घिउ हालेर दियो बाले लक्ष्मीको घरमा स्थायी वास हुने छ । 

मीन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) 

– सुनको आभूषण, चादीको भाडा, घर(जग्गा खरदि गर्दा निकै लाभ रहेको तर शेयर मा लगानी र अरुलाई उधारो दिए असुभ हुने 

– मीन राशि भएकाले आफ्नो कारोबारमा फाईदा कमाउनु छ भने कुनै दुई वृक्ष रोपेर त्यसको सधै हेरविचार गर्ने संग्कल्प लिनुहोस् 

– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नुहोस् 

– दीपावलीको दिन पहेलो कपडामा बेसार राखी त्यसलाई ११ वोटा गाठो बनाएर आफ्नो तिजोरी मा राख्नुहोस 

– माता लक्ष्मीको मन्दिरमा अगरबत्तीको दान गर्नाले कारोबार र काममा उन्नति मिल्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *