२०२१ को लागि खुल्यो डिभी, अब पासपोर्ट चाहिने

असोज १५, काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुलाएको छ ।
अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख छ ।
२०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म अनलाइनमार्फत् आवेदन भर्न सकिने छ । डिभी भरेबापत कुनै शुल्क लाग्ने छैन ।

यो वर्ष भने अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था थप गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ ।
कसरी भर्ने डिभी ?
फर्म भर्ने अवधिमा धधध।मखयिततभचथ।कतबतभ।नयख मा गई ई–डिभीको आवेदन फारम भर्नु पर्नेछ । आवेदनमा आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि।भी। आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितके पत्र प्रिण्ट गर्नुपर्छ जसको आधारमा डिभी परे–नपरेको थाहा पाउने माध्यम हो।








