एनआरएनएको मत गणना जारी, कुमार पन्तको अग्रता

१ कात्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिहीबार सम्पन्न निर्वाचनको मत गणना जारी छ । जारी मत गणना परिणाम अनुसार हालसम्म (यो समाचार तयार पार्दासम्म) ४० प्रतिशत मतगणना सकिएको निर्वाचन समितिले जनाएको छ ।   

श्रोतका अनुसार शुक्रबार (आज) बिहान सम्ममा ४० प्रतिशत मतगणना गरिएकोमा कुमार पन्तले ७० मतले अग्रता लिएका छन् ।   

असोज २८ गतेदेखि काठमाडौँको हायात होटलमा चलेको एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन एवं सम्मेलन ३० गतेसम्मका लागि तय गरिएको भए पनि निर्वाचनका क्रममा भोटिङ मेसिन विग्रिएकाले समयावधि लम्बिन पुगेको छ ।   

null

४२ पदका लागि ७६ जनाको उम्मेदवारी रहेको निर्वाचनमा २ हजार ३ सय ४१ जनाको मत खसेको थियो । जारी मतगणना सकिएपछि आगामी २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित हुने छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =