चितवन जिप्रकामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

कार्तिक ६, काठमाडौं । प्रभु बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।   

उक्त काउण्टरको कार्तिक ०४ गते सोमबार चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहका बिच उद्घाटन गरे । 

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यालयको काम गर्न सक्नेछन् ।   

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।   

प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =