दशैंमा खानपानमा ध्यान पुर्याउँ, चिकित्सकको यस्तो छ सल्लाह (भिडियो सहित)

असोज १९, विराटनगर ।  हिन्दुहरुको महान चाड दशैं घर आँगनमा भित्रिसकेको  छ ।  दशैंलाई हर्ष उल्लास र मिलनको पर्वको रुपमा धुमधामका साथ मनाउने प्रचलन छ  । यस क्रममा सामान्य अवस्थाको तुलनामा अधिक मात्रामा मासुजन्य साथै मसलेदार परिकारको खपत हुने गर्दछ ।   

स्वस्थ मासुको परिकार साथै स्वस्थ खानेकुराका परिकार तयार गर्दा सचेत भइएन भने धेरै समस्या निम्तिन सक्छ । दशैंमा मासुका विभिन्न परिकारहरु बनाएर खाने चलने छ । मासुमा अत्याधिक पौष्टिक आहार पाइन्छ ।   

तर, मात्र मिलाएर खान जानिएन वा दशैंमा पनि नखाए कहिले खाने भनेर धेरै खाईयो भने यसले स्वास्थ्यमा नराम्रो असर पार्छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलका लेक्चर तथा एमडी इन्टरनल मेडिसिन डा. ज्योतिष चन्द्र झाका अनुसार खानामा दैनिक अत्याधिक रातो मासु प्रयोग गरेमा मानिसको मुटुमा असर पार्ने साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरकै सम्भावना बढाउने बताए । दशैंमा खानपिनमा ध्यान नदिएको कारण बिरामी परेर अस्पतालमा आउनेको संख्या अत्याधिक रहेको डा. झाले बताए ।   

चाडपर्वमा आफुलाई कसरी स्वस्थ राख्ने र खानपिनमा कसरी ध्यान दिने भन्ने विषयमा विराट मेडिकल टिचिङ हस्पिटलमा कार्यरत डा. ज्योतिष चन्द्र झा सँगको भिडियो कुराकानी । 

हेर्नुहाेस भिडियाे 

https://youtu.be/okOU5Cs4XfU 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =