मिस कोसी र मिसेस कोसीको उपाधी रेखा रेनुलाई

असोज २५, विराटनगर । पाँचौ संस्करणको मिस कोसीको उपाधि तेह्रथुमकी रेखा कार्कीले हात पारीन । उपाधिसँगै नगद ५० हजार रूपैयाँ साथै चाँदीको क्राउन प्राप्त गरेकि छिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोसीको उपाधि जितेकी छिन् । उनले पनि नगद ५० हजार रूपैयाँ र चाँदीको क्राउन प्राप्त गरेकी छिन् ।   

जय मिडिया म्यानेजमेन्ट प्रा. लि. इटहरीद्धारा आयोजित मिस कोसीको फाइनलमा ७ जना र मिसेस कोसीमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए ।  मिस कोसीको फस्ट रनरअप मोरङ बेलबारीकी अनु निरौला तथा सेकेण्ड रनरअप इश्वरी चोङवाङ्ग घोषित भएकी छिन् ।   

यस्तै मिसेस कोसीको फस्ट रनरअप धरानकी दीपा सेन्चुरी विश्वकर्मा र सेकेण्ड रनरअप विराटचौककी पूजा सोनार घोषित भएकी छिन् ।  प्रतियोगिताको निर्णायकहरूमा चलचित्र निर्माता तथा निर्देशक बावुराम अर्याल, नर्सिङ्ग क्याम्पस विराटनगरकी प्रमुख मेनुका भण्डारी र मिस्टर नेपालको निर्देशक मिना श्रेष्ठ रहेका थिए ।   

कार्यक्रमको  अवसरमा  नेपाली सिने क्षेत्रका तीन कलाकारहरू सम्मानित भएका छन् । कलाकार संघको अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्का, अभिनेता द्वय शिव श्रेष्ठ र धिरेन शाक्य सम्मानित भएका हुन् । कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जय मिडिया म्यानेजमेन्टका निर्देशक जय राज रायल बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *