ओठकाे कालोपन यसरी हटाउनुस्

असाेज १४ ।   अनुहारलाई सुन्दर बनाउने एक महत्वपूर्ण अंग ओठ पनि हो । अनुहारका अन्य भाग राम्रो भए पनि ओठ कुरुप छ भने त्यसलाई सुन्दर मान्न सकिदैन । अथवा सुन्दरतामा निखार ल्याउने प्रमुख अंग ओठ नै हो । कतिपय महिला र पुरुषले ओठको कालोपनबाट निकै समस्या भोगिरहेको बताउँछन् । 

ओठको कालोपन लुकाउन महिलाले लिपिस्टिक वा लिपवाम अथवा मोस्चराइजर र अन्य सौन्दर्यका सामाग्री प्रयोग गर्ने गर्छन । तर, यस्ता समाग्रीले ओठको कालोपन हट्नुको साटो झन् बढेर जान्छ । आउनुहोस्, ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपायबारे चर्चा गरौ | 

१. दूधको तर 

Image result for ओठमा कालोपन

ओठको सुख्खापन हटाउँन थोरै तर (मलाई) मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस्। यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ। 

२. गुलाबको पत्ता   

ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ। यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ। यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस्। 

३. कागती   

कागतीले पनि ओठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस्। 

४. केसर   

काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस्। यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ। 

५. मह   

महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस्। दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ। 

६. अण्डा   

अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ। यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ। 

७. जैतूनको तेल   

यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =