आज नेवार समुदायको किजा पुजा, सार्वजनिक विदा

कात्तिक १३, काठमाडौं । हिजो मंगलबार भाइटीका नलगाएका नेवार समुदायले आज बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउनेछन् । सरकारले आज किजा पुजाको अवसरमा सार्वजनिक विदा पनि दिएको छ ।   

मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । बुधबार बिहान केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने उनीहरुको भनाइ छ । 

कतिपय नेवारहरुले नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् । पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै सो दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

Image may contain: 3 people, people eating, people sitting and food

नेवाः समूदायले काग तिहार र कुकुर तिहार मनाएतापनि मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाईटिका मनाउँदै आएका छन् । तीन दिन सम्म लगातार रुपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो । 

यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पुजा गरी नयाँ वर्षका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।   

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि सगुन दिने चलन रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *