कपिलवस्तुमा अनिश्चितकालिन कर्फ्यू !

फाइल तस्विर 

कार्तिक १४, काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।   

लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि अनिश्चितकालीन कर्फ्यू लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।   

प्रहरीका अनुसार रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच बुधबार साँझदेखि विवाद सुरु भएको थियो । विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै स्थानीय जाइलागेपछि बिहीबार स्थिति थप तनावग्रस्त बनेको हो ।   

स्थिति नियन्त्रणका क्रममा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको हो ।   

कपिलवस्तुमा गएको वर्ष पनि यसै विषयमा विवाद हुँदा प्रशासन कर्फ्यू लगाउन बाध्य भएकाे थियाे ।  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =