मोरङ प्रहरीले पक्राउ गर्यो ४३ थान जिलेटिन सहित विप्लव माओवादीका २ सेक्रेटरी

विराटनगर, १८,  असोज । मोरङ प्रहरीले बिष्फोटक पदार्थ सहित विप्लव माओवादीका मोरङ सिक्रेटरी सहित दुई जनालाई हातहतियार सहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । 

मोरङ प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि विप्लव माओवादीका मोरङ सेक्रेटरी कुमार खतिवडा र वालकुमार डांगीलाई पक्राउ गरेको जनाएको छ । 

प्रहरीले  मोरङको बुढीगंगा गाँउपालिका–७ मा प्रयोग गर्न लुकाई राखेको अवस्थामा बिष्फोटक पदार्थ समेत बरामद गरेको छ । प्रहरीले उनकै सूचनाका आधारमा ४३ थान जिलेटिन बरामद गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । खतिवडाले बुढीगंगा गाउँपालिका–७ का बालकुमार डाँगीलाई बिष्फोटक पदार्थ लुकाएर राख्ने जिम्मेवारी दिएका थिए । प्रहरी अनुसन्धानमा डाँगी समेत संलग्न रहेको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको हो । 

डाँगीले केराघारी भित्र माटो मुनी गाडेर निओजेल () लेखिएको जिलेटिन, एरियल सहितको सेतो रिमोट एकथान, तार जोडिएको बक्स एकथान, रातो टेप र तार सहितको डेटकर्ड, केप, मसिनो तार राखेको फेला परेको थियो । 

बुढीगंगा घर भएका खतिवडा सुन्दरहरैंचा–७ मा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनको कोठाबाट आर्थिक सहयोगका लागि तयार गरिएको लेटरप्याड, विभिन्न मितिका प्रेस विज्ञप्ती, सम्पर्क नम्बर भएको डायरी, पार्टीको छाप, मेची–कोशी ब्यूरोको परिपत्र, सहयोग रसिद समेत बरामद गरिएको छ । 

प्रदेशभरी अहिले सम्म विप्लव समुहका ४६ जना कार्यकता पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुर प्रसाद ज्ञवालीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *