“अनेसास कोलोरोडो च्याप्टरको रचना बाचनसंगै “मायाको नाकाबन्दी”ले अमेरिकाको नाका फुकायो”

असाेज १४, काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव गठित कार्यकारिणी समितीको आयोजनामा भ्यु पोइण्ट क्लब हाउस थ्रोण्टोनमा गरिएको पहिलो रचना वाचन कार्यक्रमको अवसर पारेर आचार्य प्रभाको गीति संगालो “मायाको नाकाबन्दी”को अमेरिकामा फेरि नाका खोलिएको छ ।
उक्त रचना वाचन कार्यक्रममा सभापतिको आसनमा वर्तमान अध्यक्ष्य तारा अधिकारी थिए भने अन्य अतिथीहरुमा अनेसास केन्द्रिय पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल,अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष्य पदम विश्वकर्मा,बोर्ड अफ ट्रष्टीका सदस्य डा .बिजय राज शर्मा,गीतकार साबू गदाल,कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष्य कृष्ण मुरारी ढुंगेल,सामाजसेवी तथा व्यवशायी रमेश गुरुङ र अ.ने.सा.स कोलोराडो च्याप्टरकै निवर्तमान अध्यक्ष्य आचार्य प्रभा थिए।
कार्यक्रमको संचालन किरण अधिकारीले गरेका थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष्य मिना पौडेलले गरेकी थिइन् । कार्यक्रमको प्रथम चरण रचना बाचनबाट शुरु गरिएकाे थियाे ।

कार्यक्रमको दोश्रो चरणमा गीतकार आचार्य प्रभाको “मायाको नाकाबन्दी” गीति संग्रहलाई सम्पूर्ण अतिथिहरु र च्याप्टरकी अध्यक्ष्य तारा अधिकारीको बाहुलीबाट सार्वजनिक गरिएको थियो भने फेरि कार्यक्रमको अर्को भागमा रचना वाचन नै गरिएको थियो। रचना वाचनलाई केहीक्षण बिट मारेर गीतकार ज्ञानेन्द्र गदालज्युले “मायाको नाकाबन्दी” र सर्जकको बिषयमा केहि चर्चा गरेका थिए ।
सोहि अवसरमा सर्जक आचार्य प्रभाले पनि आफ्नो सृजना र संग्रहको बारेमा केही शब्द बोलेका थिए । सोही अवसरमा अ.ने.सा.स, कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष कृष्णमुरारी ढुङेलद्वारा वर्तमान च्याप्टरकी अध्यक्ष तारा अधिकारिलाई पूर्व समितिद्वारा प्रकाशित स्मारिका प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा कोलोराडोबासी सम्पूर्ण साहित्य प्रेमीहरुको उपस्थितिले भरिएको थियो। कार्यक्रममा रचना बाचन गर्नेमा किरण अधिकारी,छवि रसाईली, राम प्रसाद मरासैनी,निर्मला अर्याल,साबु गदाल कार्की,ज्ञानेन्द्र गदाल,डा बिजय राज शर्मा,प्रमिला शर्मा,देव भट्टराई,राजु सिटौला,केशब आचार्य,निर्मल प्याकुरेल,कृष्ण मुरारी ढुंगेल,आचार्य प्रभा,पदम बिश्वकर्मा,रमेश गुरुङ,बासुदेव खनाल,समिर आचार्य,दामोदर लुइंटेल,लाल प्रसाद चौंलागाईं,हरिराम अधिकारी,गीत गायनमा मनोज काजी तुलाधर,ई न्दिरा रेग्मी, लाल प्रसाद चौलागाईं,रमेश कोईराला र हरी अधिकारी थिए ।
सोही कार्यक्रममा अ.ने.सा.स. पुर्व केन्द्रिय अध्यक्ष्य तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष्य पदम बिश्वकर्माले आफ्नो रचना बाचनको क्रममा सर्जक आचार्य प्रभाको अ.ने.सा.स. कोलोराडोप्रतीको योगदान र लेखन समर्पणबारे आफ्नो मन्तब्यमा प्रकाश पारेका थिए । कार्यक्रमको अन्त्यमा धन्यबाद ज्ञापन गर्दै संस्थाकी अध्यक्ष्य तारा अधिकारीले कार्यक्रम बिसर्जन गराएको जानकारी दिए।
कार्यक्रमको अन्तिम चरणमा आचार्य प्रभाको गीत संग्रह “मायाको नाकाबन्दी”केहि पुस्तकहरु संस्थाको सहयोग स्वरुप बिक्रीमा राखिएको थियो। सोही बेला केही पुस्तकहरु बिक्रि भएर नगद कोषाध्यक्ष्यलाई जिम्मा लगाईएको थियो भने संस्थाको सहयोग स्वरुप पदम बिश्वकर्माज्युले $ 200.00 ( २०० डलर )र डा बिजय राज शर्माज्युले $ 100. 00(१०० डलर ) प्रदान गरेका थिए।








