डेंगुका कारण १५ दिनमा रित्तियो परिवार, नवजात शिशु मात्र बाँचे

कार्तिक १४, नयाँ दिल्ली । भारतमा डेङ्गु रोगका कारण १५ दिनको अवधिमा एउटा परिवार लगभग सखाप भएको छ ।   

उक्त परिवारमा तीन दिनको नवजात शिशुमात्र जीवित बाँकी रहेको बताइएको छ । नवजात शिशुकी आमाको समेत डेङ्गुकै कारण निधन भइसकेको छ । 

तेलङ्गाना मंचेयिरयल जिल्लामा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।  

उक्त परिवारमा सबैभन्दा पहिला ३० वर्षीय जी राजगट्टुलाई डेङ्गुको संक्रमण भएको थियो । पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा १६ अक्टोबरमा उनको निधन भएको थियो । 

त्यसपछि उनका ७० वर्षीय हजुरबुवा लिंगायलाई डेङ्गु संक्रमण भएको थियो । २० अक्टोबरमा उनको पनि निधन भयो । 

परिवारमा लगातार दुई जनाको निधनबाट शोकाकुल भएका सदस्यहरु शोकबाट उक्सिन नपाउँदै राजगट्टुकै ६ वर्षीया छोरी श्रीवर्षिनीलाई पनि डेङ्गु संक्रमण भयो । उपचारकै क्रममा २७ अक्टोबरमा उनको पनि निधन भयो । 

यसै क्रममा राजगट्टुकी गर्भवती पत्नी पनि डेङ्गुबाट जोगिन सकिनन् । डेङ्गु संक्रमणबाट पीडित उनको हैदरावादस्थित एक नीजि अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनले ३० अक्टोबर ९बुधबार० उनको निधन भयो ।   

निधनको एक दिनअघि मंगलबार उनले एक शिशुलाई जन्म दिएकी थिइन् । उक्त परिवारमा तीन दिने एक नवजात शिशुमात्र बाँकी रहेको बताइएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =