नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र फ्लाई ओभर शिलान्यास आज
२०७६ कार्तिक ४ गते

कार्तिक ४, काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलाम्मको सुरुङमार्गको शिलान्यास आज हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका–१ टुटेपाखामा सुरुङमार्ग र फ्लाई ओभरको शिलान्यास गर्न लागेका हुन् । यो नेपालको पहिलो सडक सुरुङमार्ग हो । यसले सवारी जाम कम हुने अनुमान गरिएको छ ।
सुरुङमार्ग निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ । ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साढे दुई वर्ष अघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको थियो । निर्माण कार्य ४२ महिनामा सक्ने लक्ष्य छ ।

नागढुंगा– सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ६ असोजमा विभाग र जापानी निर्माण कम्पनी हाज्मा अन्द्रोबीच १३ अर्ब ५० करोड रुपैयाँको सम्झौता भएको थियो ।
२०७६ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित








