जर्नादन मैनाली पत्रकारिता पुरस्कारबाट पत्रकार इन्दिरा पुरस्कृत

असोज १४, विराटनगर ।  यस वर्षको जर्नादन मैनाली पत्रकारिता पुरस्कार पत्रकार इन्दिरा भट्टराइलाई प्रदान गरिएको छ । सोमबार विराटनगरमा नेपाल प्रेस संगठन मोरङद्धारा आयोजित कार्यक्रममा १५ हजार रुपैँया सहित पुरस्कृत गरिएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले कदरपत्र र दोेसल्ला ओढाई सम्मान गरेका थिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा गुणस्तर कमी आएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताए ।   

कार्यक्रममा बोल्दै मन्त्रि पण्डितले पत्रकारिता पेशा जोखिमपूर्ण रहेको र मिहेनत गरे सम्मानित पेसा भएको कारण सत्य तथ्यमा रहेर पत्रकारिता गर्नुपर्ने बताए । पत्रकारीता पेशा भनेको देशलाई मार्गनिर्देश गर्ने पेशा भएको कारण उक्त पेशाको मर्यादालाई ख्याल गरेर काम गर्न आग्रह गरे । पेशाको मर्मलाई बुझेर काम गरे सरकारले प्रेस स्वतन्त्रतालाई कमजोर नबनाउने बताए ।   

कार्यक्रमा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य लिलाराज भट्टराईले महिला पत्रकारको सहभागिता न्यून रहेको जानकारी गराउँदै आगामी दिनहरुमा महिला पत्रकारलाई प्रोत्साहन गर्दे जानुपर्ने बताए । कार्यक्रमा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोख्रेल, नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुइटेललगायतले पत्रकारिताका विविध विषयमा बोलेको थिए ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *