सोलुखुम्बुमा आगलागी हुँदा ९८ लाखको क्षती

कार्तिक ४, सोलुखुम्बु । सोमबार बिहान सोलुखुम्बुको एक घरमा आगलागी हुँदा करिब ९८ लाख बराबरको क्षति भएको छ । 

सोलुखुम्बुको नेचासल्यानगाउँपालिका १ ख्याम्पुका चन्द्रप्रका कोईरालाको घरमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा उक्त रकम बराबरको क्षती भएको प्रहरीले जनाएका छ ।   

अचानक बिद्युत लाईन सर्ट भई आगलागी हुँदा घरभित्र रहेको काठतखती २०० थान, सरा २०० थान, अन्नपात, लत्ता कपडा, भडाकुडा पुर्णरूपमा जलेकाे र सोही घरमा भाडा  बसेका रमेश कुमार राईको बैक स्टोर सप्लायर साझेदारी स्टोर भित्र रहेको जुत्ता, चप्पल, रेडिमेड कपडा, किराना सामान समेत पुर्णरुपमा जलेर करिब ९८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।   

Image result for घरमा आगलागी

प्रहरीका अनुसार बिहानको २ बजे आगलागी सुरु भएपनी घटनाबारे बिहान ४ बजे मात्र अस्थायी प्रहरी चौकी सल्यानलाई जानकारी भएको र तत्काल त्यहाँ पुगी स्थानियको सहयोगमा बिहान ६ बजे मात्र आगो नियन्त्रणमा लिईएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *