दुई फरार प्रतिवादी पक्राउ

कार्तिक ५, काठमाडौँ । सोमबार पर्सामा दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।  आफ्नै गाउँ-घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार फरार रहेका वीरगञ्ज महानगरपालिका-२ वस्ने ५४ वर्षीय नाजिर मिया अन्सारी र वडा नम्बर ३ वस्ने ४९ वर्षीय नुरहोदा अन्सारी लाई पक्राउ गरिएको हो ।   

पक्राउ परेका नाजिर अंश मुद्दाका फरार प्रतिवादी हुन । उनलाई पर्सा जिल्ला अदालतले २०६४ साल साउन ३० गते ५ सय जरिवाना सुनाएको थियो । अर्का फरार अन्सारी भने  लेनदेन मुद्दाका फरार प्रतिवादी हुन् । उनलाई अदालतले २०७६ साल बैशाख ६ गते ३ महिना कैद सजाय सुनाएको थियो । अदालतका फैसलापछी उनीहरु फरार रहेका थिए ।   

हाल उनीहरु दुवैलाई   जिल्ला अदालत पठार्इएको प्रहरीले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *