कास्की क्षेत्र नं २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने पक्का, औपचारिकताका लागि ३ जनाको नाम सिफारिश

कात्तिक १४, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।   

यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले औपचारिकताका लागि अन्य दुई जनाको नाम सिफारिश गरेको बुझिएको छ ।   

सिफारिश हुनेमा स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् । प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए । वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहेका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए ।   

null

स्रोतका अनुसार नेकपाले स्व.अधिकारी पत्नी भट्टराईलाई नै कास्की क्षेत्र नं. २ को उम्मेद्वार बनाउने लगभग पक्का भइसकेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *