२५ रुपैयाँको पानी ८० मा बिक्री ! दुई व्यवसायी पक्राउ

कार्तिक ६, रामेछाप । रामेछापका दुई व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

उपभोग्य सामानमा मूल्य धेरै लिई पर्यटकलाई ठगेको भन्दै प्रहरीले मंगलबार मन्थली बिमानस्थलको नजिकै व्यवसाय गर्दै आएका एभरेष्ट गेटवे मिनिमार्केटका सञ्चालक जयकृष्ण अधिकारी र ट्रेडर्स ट्रान्जिट क्याफेका सञ्चालक पासाङ ल्हामु शेर्पालाई नियन्त्रणमा लिएको हो ।   

बजार अनुगमनका क्रममा त्यहाँका व्यसायीहरुले २० देखि २५ रुपैयाँ पर्ने दूध चियाको एक सय रुपैयाँसम्म बेच्ने गरेका छन् । कालो चियाको ७५ रुपैयाँ र २५ रुपैयाँ पर्ने पानीको ८० रुपैयाँ मूल्य लिएर बेच्ने गरेको पाइएको छ ।   

Image result for पक्राउ

पक्राउ परेका दुई व्यापारीमाथि कालोबजारी मुद्दामा जिल्ला अदालत रामेछापबाट म्याद थप गरी हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =