१० हजार घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ
२०७६ असोज १५ गते

असोज १५, कास्की । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।
जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ । रासस

२०७६ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








