नेपाल टेलिकमकाे फोर जी सेवा आजदेखि गलकोटमा सुरू

कात्तिक १४, गलकाेट । नेपाल टेलिकमले आज देखि गलकोट नगरपालिका २ थानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले बताए ।   

फोर जी सेवा सञ्चालन भएपछि ग्रामीण क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधीको मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सक्ने छन । अब क्रमशः हटिया बजार हरिचौर बजार, मल्म, दुदिलाभाटी, काँडेबास, पाण्डवखानी, ताराखोला, बडिगाड, ढोरपाटन, निसी र तमानखोला गाउँपालिकामा समेत फाेर जी सेवा विस्तार गर्ने तयारी भईरहेको शर्माले बताए ।   

फोर जी सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो । 

इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् ।   

फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिने बताइएको छ । फोर जी सेवाले डिजिटल नेपालको लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाई छ । ‘भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइवर पुर्याउन कठिन छ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।’ 

फोर जी राउटरबाट कम्युटर लगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *