धरानमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु श्रीमान् घाइते

असोज २९, धरान । धरानमा एक स्कुटर दुर्घटना हुँदा श्रीमान् घाइते भएका छन् भने श्रीमतीको मृत्यु भएको छ । 

धरानको तिनकुनेस्थित कोशी राजमार्गमा स्कुटर दुर्घटना हुँदा ईटहरी १९ की ६१ वर्षीया कालीमाया राईको मृत्यु भएको हो भने उनको श्रीमान् स्कुटर चालक जयबहादुर राई घाइते भएका हुन् । 

ईटहरीबाट धरान जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको को १ ख १९३० नम्बरको बसले ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।   

Image result for स्कुटरलाई बसले ठक्कर दिँदा

प्रहरीका अनुसार दुर्घटनापछी उक्त स्कुटरलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिई घटनाबारे अनुसन्धान भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *