मिनी लुम्विनी बनाउन धरानमा धार्मिक कार्यक्रम

असोज १४, काठमाडौं । धरान स्थित तिनढवाङ्गे बौद्ध चारधाम तथा दाहसंस्कार स्थलमा बृहद धार्मिक कार्यक्रम हुने भएको छ ।   

धरानको बौद्ध गुम्बा दाहसंस्कार स्थललाई मिनी लुम्विनी बनाउने उद्देश्यले आउँदो २५/२६ र २७ गते धर्मदेशना अर्थात धार्मिक अबलोकन तथा प्रबचन कार्यक्रम हुन लागेको हो ।   

आयोजक बौध चारधाम तथा दाहसंस्कार स्थल समितीले  मंगलबार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको छ ।  समितीका अध्यक्ष कर्ण बहादुर गुरुङ्गले  धार्मिक गुरु बिद्याधर आचार्य महायोगी श्रीधर राण रिम्पोछे तथा नारायाण रिजालले   

उक्त अवसरमा प्रबचन दिने बताए।  सोही स्थललाई मिनी लुम्विनी बनाउने तथा पर्यटक भित्रयाउने योजना बनाइएको र आगामी दिनमा बौद्ध धर्माबलम्बीहरुको समाधि स्थललाई पर्यटन केन्द्रको रुपमा नै बिकास गर्ने बताइएको छ । 

अध्यक्ष गुरुङ्गले धार्मिक स्थल जाति विशेषको मात्रै नभई भगवान गौतम बुद्धको ज्ञान र संस्कार सिक्ने स्थल समेत हुने बताए ।   

कार्यक्रममा एक नं प्रदेशका बिभिन्न जिल्लाहरुबाट करिब ३ हजारको संख्यामा विभिन्न ब्यक्तित्वहरुको सहभागीता रहने र सोही कार्यक्रममा मुख्यमन्त्री शेरधन राईलाई २ करोड ६८ लाखको डिपी आर तयार गरी बुझाउने तयारी गरिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *