२४ वर्षीय हुण्डी कारोबारी राय पक्राउ

असोज २८, मोरङ । सोमबार प्रहरीले मोरङको विराटनगरस्थित कञ्‍चनबारी चोकबाट एक हुण्डी कारोबारी पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी बर्जु गाँउपालिकाका हुण्डी कारोबारी २४ वर्षीय उमाकान्त राय रहेको प्रहरीले जनाएको छ ।   

पक्राउ परेका  रायलाई  नेपाली रकम १० लाख रुपैयाँ र बिभिन्न बैंकका चेकबुक सहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजकुमार खिउँजुले जनाएका छन् । उपरिक्षक  खिउँजुका अनुसार मंगलबार उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाईएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *