‘पोई पर्‍यो काले’ मा काले केटा सौगात (ट्रेलर सहित)

असोज १६, काठमाडौं । शिशिर राणाको कथा तथा निर्देशन तयार पारिएको चलचित्र  ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ  । 

२ मिनेट ४३ सेकेण्डको उक्त ट्रेलरमा चलचित्रका मुख्य पात्र सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, सौगता मल्ल, सृष्टी श्रेष्ठ, राजाराम पौडेल लगात कलाकारको फिचर्ड गरिएको छ ।   

कालो बर्णको केटा मन नपराउने एक युवतीको कथामा आधारितमा तयार पारिएको यस चलत्रिमा नायक सौगात मल्लले एक काले केटाको भूमिका निर्वाह गरेका छ ।   

Image result for ‘पोई पर्‍यो काले’

कमेडी र सस्पेन्स तरिकाले बनाइएको चलचित्र ‘पोई पर्‍यो काले’लाई रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो ।   

चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीकाे लगानी रहेको छ भने शिव ढकालको छायांकन  रहेको छ । अमलादेवी राईको कार्यकारी निर्माता रहेको यस चलचित्रको प्रदर्शन मिति भने कार्तिक ८ गतेलाई तोकिएको छ ।   

ट्रेलर  

https://youtu.be/ElrD68cQrRA 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *