छोरी बलात्कार गर्ने बुवा पक्राउ

कार्तिक ६, बीरगञ्ज । पर्सा प्रहरीले मादक पदार्थ सेवन गरी आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक बुवालाई पक्राउ गरेको छ ।   

१५ वर्षिय  छोरी बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय  एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । 

सोमबार राती मादक पदार्थकाे नसामा आफ्नै छोरीलाई बलात्कार गरेपछी टोलमा होहल्ला भएको थियो भने मंगलबार त्यस पुरुष बिरुद्ध उजुरी दर्ता भएको थियो । उजुरी परे लगतै पक्राउ गरिएको  पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । 

Image result for छोरी बलात्कार गर्ने बुवा पक्राउ

पिडित किशोरीमाथी बारम्बार बालात्कार भएको खुल्न आएको प्रहरीले जनाएको छ । किशोरीको आमा रोजगारीको शिलशिलामा परदेश भएको कारण यसैको मौका छोपी बुवाले बारम्बार बलात्कार गर्ने गरेको किशोरीले बताएकी छिन् ।  

पक्राउ परेका ति पिडक पुरुषमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *