‘मिस्टर एण्ड मिस थारु आइकन–२०१९’ को फाइनल असोज १७ मा

असोज, १६ विराटनगर । विराटनगरमा आगामी शुक्रबार मिस्टर एण्ड मिस थारु आईकनको फाइनल प्रतिस्पर्धा हुने भएको छ । 

थारु कला केन्द्रले थारु समुदायको प्रतिभा उजागर गर्न, थारु भेषभूसा, भाषा, कला, संस्कृतिको संरक्षण साथै जगेर्नाका लागि आयोजना भएको उक्त प्रतियोगिताको फाइनल असोज १७ गते शुक्रबार हुने भएको हो ।   

प्रदेश १ स्तरीय मिस्टर एण्ड मिस थारु आइकन २०१९ प्रतियोगितामा सुनसरीको झुम्का, मोरङ, गाइघाट गरी पुरुष तर्फ ११ जना र महिला तर्फ २१ गरी ३२ जनाले प्रतिश्पर्र्धा गर्ने छन् । प्रतिस्पर्धामा विजेता पुरुष र महिलाले ५०/५० हजार नगद प्राप्त गर्नेछन् । भने फस्टरनरअपले ३०/३० हजार र सेकेन्ड रनरअपले २०/२० हजार प्राप्त गर्नेछन् ।   

null

प्रतिस्पर्धीहरुलाई थारु  परिकारका लागि घोघी, बगिया, भक्का, सिधरहालगायतका परिकारको व्यहवारिक ज्ञान दिदैं थारु संस्कार र संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले उक्त विषयमा तालिम दिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएकाछन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *