प्रतिबन्धित लागूऔषध सहित २ पक्राउ

असोज १६, बुटवल । कपिलबस्तुस्थित  बाणगंगा नगरपालिका वडा नं ५ खुटेनीबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा लु ११ प ५२७९ नम्बरको मोटरसाइकल चलाउने  सलाउद्दिन मुसलवान र सोही मोटरसाइकलमा सवार अर्का  मकिम भन्ने मजिबुर रहमान रहेको इलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुका कार्यालय प्रमुख आयुश प्रशाद जोशीले जानकारी दिए ।   

प्रहरीका अनुसार उनीहरुको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागु औषध, नेपाली नगद रु १३ हजार, भारतीय एक हजार फेला पारिएको छ । 

पक्राउ परेका उनीमाथी कारवाहीको लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *