पूर्व बालसेनाको पक्षमा सर्वोच्चको फैसला, लेलिनविरुद्ध सरकारको निर्णय गैरकानुनी भएको ठहर

कार्तिक १४, काठमाडौं । सर्वोच्च अदालतले पूर्व माओवादीका बाल लडाकु लेनिन विष्टलाई विदेश भ्रमण जान रोक लगाउने सरकारको निर्णय खारेज गरिदिएको छ ।   

थाइल्यान्ड जान लागेका बेला त्रिभुवन विमानस्थलबाट फर्काइएका विष्टकाे पक्षमा सर्वोच्चले बिहीबार फैसला गरेको हो । लेनिनकाे विदेश भ्रमणमा रोकावट ल्याउने सरकारको निर्णय गैरकानूनी भएको सर्वोच्चको ठहर छ ।   

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को ठाडो आदेशमा विष्टलाई गत २०७५ भदौ ८ मा विमानस्थलवाट फर्काइएको थियो ।   

Image result for लेनिन विष्ट

सरकारको उक्त निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वोच्चमा मुद्दा हालेका थिए । उक्त मुद्दामा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज फैसला सुनाउँदै गैरकानुनी रुपमा विष्टलाई फर्काइएको ठहर गरेका हुन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *