दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु तीन घाइते

२०७६ असोज २८ गते

असोज २८, सुनसरी । सोमबार राती सुनसरीको कोशी गाउँपालिका ४ स्थित कटानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक उदयपुर तपेश्वरका ५० वर्षीय निरीराज गिरी रहेको प्रहरीले जनाएको छ भने घाइतेहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.२२.प ८०४९ नम्बर भएकाे मृतक गिरीको मोटरसाइकल पश्चिमबाट पूर्व आउँदै गरेको को.२९.प ७८५३ नम्बरको मोटरसाईकलसँग ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।
हाल घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७६ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित