धरानमा तिहारकाे राैनक सुरू (फाेटाे फिचर सहित)

कार्तिक ९, धरान । सुनसरीकाे धरानमा तिहारकाे राैनक सुरू भएकाे छ ।  आज बेलुका तिहारको सुरुबाती दिन सुरुवाती दिन भएकाेले धरान बजारमा तिहारकाे सामान किन्नेहरूकाे भिड् बढेकाे छ ।   

 धरानको मुख्य बजार भानुचौक स्थित सब्जी मन्डीमा तथा बजारको हरेक सडक पेटिमा दर्जन भन्दा बढी  तिहारकाे अस्थाई पसल थपिएका छन् ।  ती पसलहरूमा तिहारका लागि चाहिने बिभिन्न सामाग्री बेच्न राखिएको छ ।  

भाइटीकाको दिनमा चाहिने पान, सुपारी फूल सप्तरङ्गी टीकादेखि झिलिमिली बत्ती, फलफूल, बत्ती बाल्ने पाला किन्नेको भीड लागेको छ भने सप्तरङ्गी अबिर र फूलमालाले बजारको रौनकता बढाएको छ । 

धरानको सब्जी बजारमा विभिन्न रङ्गी चङ्गी रेडिमेट तथा प्लाष्टीकका फूलहरूले बजार नै झलमल्ल देखिएको छ । बिभिन्न प्रकारका बत्ती, विभिन्न आकारका प्लाष्टिकका फूल र अन्य सामाग्रीको खरिद बिक्रीले तिहारको रौनक शुरु भएको भान गराउँने  गरेको सोही ठाउँमा तिहारको सामाग्री खरिद गर्न पुगेका सर्वसाधारणहरुको भनाई छ ।   

बजारमा किनमेलकै क्रममा भेटिएकी धरान ११  की कल्पना राई भाइटीका आउने बेलामा बजार आउँदा रोजी रोजी किन्न पाईदैन, अहिले आउँदा सामान पनि भर्खर आएको हुन्छ अनि छानी छानी किन्न पाइने बताउँछिन्। उनले तिहारमा सेलरोटी पकाउनका लागि खाद्यन्य सहित अन्य सामाग्री खरिद गर्न बजार आएको उनले सुनाईन । 

उनले भनिन ‘तिहारमा आफना माइतीलाई मिठो खुवाउने चलन छ । उतिबेला देखी नै सेल रोटीलाई मिठो परिकार मानेका कारणले सेलरोटी पकाउनलाई साम्रगी खरीद गरेको उनले भनिन् ।   

सेलरोटी, अनर्सा, बिभिन्न लड्डु लगायत परिकार अरू बेला भन्दा तिहारमा र त्यो पनि भाइटीकाको दिन प्रयोग गर्दा त्यसले विशेष महत्व राख्ने भएकोले ती परिकार तयार पार्न आवश्यक सामाग्री खरिद गर्न बजार आएको राईले बताउछिन् । 

उता बजारमा देखिएको प्लाष्टिकको फूल र भारतमा प्रयोग हुने कागजे फूलका सामाग्रीले हाम्रो तिहार पनि रेडिमेटकै रुपमा हुने गरेको जेष्ठ नागरीक हरुको  बुझाई छ ।   

धरानका पुराना ब्यापारीहरुका अनुसार  भन्सारमा कडाइ नगरिँदा स्थानीय व्यापारीहरू मारमा परिरहेका समेत बताउने गरेका छन् । आफूहरूले सामान ल्याउँदा राज्यलाई राजस्व तिरेर ल्याउने तर आम नागरिक त्यही भारतीय बजारमा गएर राजस्व नै नतिरेर किनमेल गर्दा आफूहरू मारमा समेत पर्नै गरेको केही ब्यापारीहरुको भनाई  छ ।   

यसैबीच कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए ।   

उनले भने  ‘कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ’ । 

बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथी परेकाेले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । 

गाई, गोरु र म्हँ पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । एघार गते बिहान ९ः४३ बजेसम्म औँशी तिथी रहेकाे छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म म्हँ पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।   

कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।   

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन । कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । 

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ ।   

कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथी रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *