भाइरल ज्वरोका कारण र बच्ने केही उपाय


असाेज १७ । नवरात्रि शुरु भएसंगै शरद ऋतुको पनि आगमन भएको छ । त्यसैले यस समयमा मुलुकभर मौसम द्रुत रूपमा परिवर्तन भैरहेको छ । गर्मी मौसम भारी वर्षाको कारणले गर्दा मौसम अचानक बद्लिएको छ र चिसो बढ्न थालेको छ ।
वर्षा नभएको देशका केही भागहरूमा पनि मौसमले अचानक बद्लिएको छ र चिसो हावाको कारण मौसम परिवर्तन भएको छ । बिहान र राती चिसो महसुस हुन थालिसकेको छ ।
यस प्रकारको मौसम परिवर्तनले भाइरल ज्वरोलाई निम्ताउँछ र अलिकती लापरवाही गर्नाले बिरामी पर्न सकिन्छ । भाइरल ज्वरो जो कोहीलाई आउन सक्छ तर साना बच्चाहरूको रोगसंग लड्ने क्षमता कमजोर हुने भएकाले तिनिहरुलाई छिटो समात्ने गर्छ । यस्तो अवस्थामा यदि बच्चालाई ज्वरो आएको छ, आँखामा जलन भएमा, टाउको दुख्ने, शरीर दुख्ने र बान्ता हुने गर्दछ भने यो भाइरल ज्वरोको लक्षणहरुहुन । बच्चामा यस्ता किसिमका लक्षण देदिएमा तुरुन्त डाक्टरलाई सम्पर्क गरी आवश्यक औषधिहरू लिनुपर्छ ।
भाइरल ज्वरोका कारणहरू
– जब संक्रमित व्यक्ति खोकीले वा आच्यु लाग्दछ, उसको जीवाणु पनि अर्को व्यक्तिमा सर्दछ ।
– भाइरल भाइरल ज्वरोबाट पीडित व्यक्तिसँग सम्पर्कमा आउँदा वा शारीरिक तरल पदार्थ विनिमय गर्दा पनि बच्चा भाइरल ज्वरोको सिकार हुन्छन् ।
– भाइरल ज्वरो निम्ताउँने किराहरुले बच्चालाई टाक्दा पनि भाइरल ज्वरो आउँछ ।
कसरी बच्चालाई भाइरल ज्वरोबाट जोगाउने
-यदि बच्चा भाइरलज्वरोबाट ग्रस्त छ भने सम्भव भएसम्म बच्चालाई धेरै आराम गर्न दिने ।
– पानी वा तरल पदार्थको बढी पिउन दिने । बच्चाहरुको शरीरमा तरल पर्दाथको कमी हुन नदिने । यसले भाईरल ज्वरोबाट लड्न मदत गर्दछ ।
– डाक्टरले तोकेको औषधीको खुराकलाई बिचमै नछोडेने ।
-रुघा खोकी, वा ज्वरो आएका व्यक्तिबाट बच्चालाई टाढा राख्ने ।
– बच्चाहरूलाई सन्तुलित आहार खान दिने र बच्चालाइ स्वस्थ राख्न बाहिरका खाने कुरा नखान दिने ।
– बच्चाको सरफाइमा ध्यानदिने ।
– बच्चालाई नुहाउँदा पानीमा अलिकती नुन मिसाएर नुहाउने किनभने नुनपानीले बचाउँन सहयोग गर्दछ ।
– राती सुत्नु भन्दा अगाडी बच्चाको टाउकोमा तोरीको तेल हल्का तताएर लगाइदिने ।
– बच्चालाई सफा र न्यानो कपडा लगाई दिने । एजेन्सी
