२४ वर्षपछि फरार अभियुक्त पक्राउ

असोज १२, वीरगञ्ज । पर्सा प्रहरीले २४ वर्ष सम्म फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । 

 ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाई फरार रहेका अभियुक्त वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ बस्ने ४९ वर्षीय चिनवा भन्ने समिम अख्तर अन्सारीलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार सर्वोच्च अदालतले अन्सारीलाई ज्यान मार्ने उद्योगमा २०५२ साल जेठ २५ मा ४ वर्ष ११ महिना १० दिन कैद सजायको फैसला गरेको थियो । 

उक्त फैसलापछी उनी फरार रही लुकीछुपी बस्दै आईरहेका थिए ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *