बारामा हावाको ट्याङ्की पड्किँदा एक घाइते एकको मृत्यु

असोज १३, बीरगन्ज । बारामा मोटरसाइकल वर्कसपमा हावाको ट्याङ्की पडकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   

बाराको सिमरौनगढ नगरपालिकामा रहेको मोटरसाइकल वर्कसपमा हावाको ट्याङ्की पडकिँदा २ जना घाइते भएका थिए । घाइते मध्य गम्भिर घाइते भएका  सिम्रोनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुर बस्ने मोटरसाइकल मिस्त्री २६ वर्षीय फैजुल्लाह अन्सारीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार उक्त वर्कसपमा हावाको ट्याङ्की पडकिँएर गम्भिर घाइते भएका अन्सारीको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो भने अर्का घाइते २० वर्षीय मेराज आलम भने उपचारत रहेको प्रहरीले जनाएको  छ । 

घटना कसरी भयो कारण भने खुल्न नसकिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *