कपालमा चाया परेर हैरान भए यसाे गर्नुस्

असाेज १२ ।  प्राय धेरैजसो मानिसहरुको समस्या कपालमा चाया पर्नु नै हन्छ । शरिर सफा गरी आकर्षक बनेर हिडे पनि चाया देखिएमा लाज नै हुन्छ । चाया देखिएमा लुकाउन निकै अफ्ठ्यारो हुन्छ । कपाल सुख्खा हुने वा टाउको चिलाउने भएमा धेरैले तेल लगउने गर्छन् । तर कपालमा चाँया छ भने तेल लगाउदा झन कपाल झार्ने समस्या हुन्छ ।  

कपालमा लामो समयसम्म तेल राखेमा कपालको चमक हराउने पनि हुन्छ । त्यसैले यदि तपाईको टाउकोमा चाँया परेको छ भने हटाउने उपायहरु पनि छन् । टाउकोमा चाया परेमा नुहाउनुअघि तालुमा कागतीको रसले मालिस गनहोस् । 

त्यसपछी कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् चिपचिप हट्ने गरी मज्जाले पखाल्दा चाँया पनि भाग्छ । साथै चमक पनि आउछ । अर्को उपाय के छ भने नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् ।  

Image result for कपालमा चाया परेर हैरान

एलोभेराको जेल लगाएर २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पुले मज्जाले धुनुहोस् । त्यस्तै अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट राखि धुनुहोस् । त्यसपछी स्याम्पुले पखाल्नुहोस् । यस्तो हप्ताको दुई पटक गर्दा राम्रो हुन्छ । नरिवलको तेल र कपुर मिलाएर मसाज गरी नुहाउदा पनि चाया हट्छ । एजेन्सी   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *