केरुङ–काठमाडौँ रेल्वे ‘विशेष निर्णय’ को पर्खाइमा

भदौ २३, काठमाडौँ । नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ ।
यसको पूर्वसम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पछिल्लो समय रेल्वे परियोजनामा खासै चासो देखिएको छैन ।
‘रेल्वे लिंकसम्बन्धी पूर्वसम्भाव्यता अध्ययनपछि सबै प्रक्रिया रोकिएको स्थिती हो ,’ उनले भने । ‘ हामीले बीआरआई सहयोगको प्रस्तावित नौमध्ये एक योजनाका रुपमा यो रेल्वे लिंकलाई राखेका थियौँ । तर यसमा प्रक्रिया अघि बढाउन अब राजनीतिक तहको निर्णय चाहिने देखिएको छ ।’
null
चिनियाँ विदेशमन्त्री वाङ यीसँग सोमबार काठमाडौँमा सुरु हुने मन्त्रीस्तरीय संयन्त्र बैठकले रेल्वे लिंकबारे विशेष निर्णय लिएमा मात्र यो पक्रिया अघि बढ्न सक्ने अवस्था छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।








