योनी क्यान्सर के हो, कसरी लाग्छ र बच्ने उपायहरू

असाेज ७ । क्यान्सर दीर्घ र नसर्ने रोग हो । यो रोगलाई निकै भयावह रोगको रुपमा लिइन्छ । क्यान्सर जुनसुकै उमेर समूह र लिंगका मानिसमा हुनसक्छ । विशेषतः महिलामा लाग्ने क्यान्सर मध्ये योनी  क्यान्सर एक हो । 

 योनी क्यान्सर के हो, कसरी लाग्छ र कसरी बच्ने भनी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सृष्टि श्रेष्ठ प्रजापतीले यस्तो सुझाब दिएकी छन् ।  कुनै समय क्यान्सरको उपचार असम्भव मानिन्थो । तर, वैज्ञानिक आविष्कारसँगै क्यान्सरको प्रकृति हेरी उपचार सम्भव भएको छ ।  

महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर पनि एक हो । यौनाङ्गका कोषिकाहरू असामान्य रुपमा वृद्धि भई त्यसको नकारात्मक प्रभाब देखिनु नै योनीको क्यान्सर हो ।  योनीकोे क्यान्सर पाँच प्रतिशत महिलामा लाग्ने गरेको विभिन्न अध्ययन प्रतिवेदनको तथ्यांकमा उल्लेख छ । योनीको क्यान्सरबाट धेरै महिला पीडित छन् । योनीको क्यान्सर हुने कारण यस्ता छन् ।   

Image result for योनी क्यान्सर

♦    ह्युमन प्यापुलमा भाइरसको संक्रमण ।   

♦   कुनै पनि छालामा लाग्ने रोगलाई बेवास्ता गर्दा योनीको क्यान्सरको रुपमा परिणत हुन सक्छ ।   

♦    धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु ।   

♦    योनी फोहोर राख्नु । महिनावारी भएको बेला फोहोर कपडा वा प्याडको प्रयोग गर्नु । (जसले गर्दा योनीमा संक्रमण हुन्छ र पछि यही संक्रमण क्यान्सरमा परिणत हुन्छ ।) यो क्यान्सर महिनावारी सुकेका माहिलामा बढी सम्भावना हुन्छ ।  

लक्षण :   

♦    योनीको बाहिरी भागको छालाको रंग सेतो सेतो देखिने गरि परिवर्तन हुनु ।   

♦    योनी वरीपरिको छाला चिलाउनु ।   

♦   योनी पोल्नु ।   

♦    सेतो पानी बग्नु । 

 बच्ने उपाय :   

♦    सधैं योनी सफा राख्ने ।   

♦    धेरै व्यक्तिसँग यौन सम्पर्क नराख्ने ।   

♦    स्वस्थ खानपानमा ध्यान दिने ।   

♦    कम्तीमा वर्षको एक पटक योनी परीक्षण गराउने ।   

♦    हाम्रो समाजमा यौनाङ्गमा लाग्ने रोगको बारेमा खुलेर अझै पनि कुरा गर्न संकोच मानिन्छ । जसले गर्दा योनीमा धेरै रोग लाग्ने सम्भावना बढी छ । यस्तो अवस्था आफैले बेला बेलामा योनीको राम्ररी अवलोकन गर्ने ।   

♦    कुनै संका लाग्न साथ गराउने परीक्षण । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *