नेपाली काँग्रेस धरानको नगर सम्मेलन भदौ २५ देखी

भाद्र २३, धरान ।  नेपाली काँग्रेस धरान नगर समितीको दोश्रो नगर सम्मेलन भदौ २५ देखी २७ गते सम्म हुने भएको छ ।  

भदौ २७ गते सम्मेलन हुने पूर्व तयारी रहेपनि काँग्रेसले देशभर खाली रहेको स्थानिय निर्वाचन र जागरण अभियानलाई प्राथमिकतामा राखिएको धरान उपमहानगर सभापति तिलक राईले जानकारी दिए । 

धरान भानुचौक स्थित लोकतान्त्रीक चौतारीमा काँग्रेस तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता र उपसभापति विजय कुमार गच्छदार, पूर्व मन्त्री ज्ञानेनद्र बहादुर कार्की, महेश आचार्य तथा डा. प्रकास सरण महतको विशिष्ट आतिथ्यतामा सम्मेलन हुने राईले जानकारी गराएका छन् । राईले धरान २ लक्ष्मी सडक स्थित रहेको नेपाली काँग्रेस पार्टी कार्यलयमा गरेको पत्रकार सम्मेलनमा उक्त कुराकाे जानकारी गराएका हुन् ।   

सम्मेलनमा सभापति राईको राजनीतिक प्रतिवेदन, सचिव श्याम पोखरेलको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश भई छलफल हुनुका साथै काँग्रेसले अव गर्ने कार्यक्रम र रणनीतिका सम्वन्धमा र स्थानीय तहमा हुने चुनावी बिषयमा छलफल हुनेछ ।   

नगर समितिका पदाधिकारी सदस्य, नगरबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रमा प्रतिनिधित्व गर्ने नेता, क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक संघ संगठनका अध्यक्ष लगायतको उक्त सम्मेलनमा सहभागिता रहने छ ।   

काँग्रेसको जिल्ला सम्मेलन अघि नै सबै नगर गाउँ तथा क्षेत्रका सम्मेलन हुनुपर्ने भएकाले कतिपय गाउँ, नगर र क्षेत्रले सम्मेलन सम्पन्न गरि सकिएकाे छ भने कतिपयले तयारी गरीरहेका छन । 

त्यसैगरी नेपाली काँग्रेसले दोश्रो जागरण अभियानलाई समेत अगाडी बढाईने तयारीमा रहेको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *